मनहरी- ६ मा कार र मोटरसाइलकल ठोक्किँदा दुई जना घाइते  

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ६ सनाचुरीमा मोटरसाइलकल कारमा ठोक्किँएर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक ललितपुर इमाडोल बस्ने २८ वर्षीय बुद्ध नेगी र पछाडी सवार सोही स्थान बस्ने २६ वर्षीय ईन्द्र बहादुर नेगी घाइते भएका छन् । उनिहरुलाई उपचारका लागि भरतपुर चितवन पठाइएको प्रहरीले जनाएको छ ।

पुर्व–पश्चिम सडकखण्डमा हेटौंडाबाट काठमाडौं जाँदै गरेको बा २५ प ८४६३ नम्बरको मोटरसाइलकले र सोही दिशा जाँदै गरेको प्रदेश नं.१–०२४ च ९९६५ नम्बरको कारलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

समाचार समाज