हात्तिसुडेस्थित सफर ईन्टरनेटको अफिसमा आगलागी, साँढे दुई लाख क्षति

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नं.३ हात्तिसुडेस्थित सफर ईन्टरनेटको अफिसमा आगलागी भएको छ ।

बिहिबार साँझ स्थानीय सोम बहादुर न्यासुरको घरमा भाडामा लिएर जयराम खतिवडाले संचालन गरेको वएब सफर ईन्टरनेटको अफिसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अफिसमा ब्याट्री सट भएर आगोलागी भएको आगलागी भएको मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । उनका अनुसार आगलागीबाट ब्याट्री, अफिस कोठाको समान गरी दुई लाख ५८ हजार बराबरको क्षति भएको छ ।

आगो प्रहरी चौकी हात्तीसुडे मकवानपुरबाट खटिएको प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । मानबिय, चौपाय क्षति नभएको प्रहरीले जनाएको छ ।-prahar khabar

समाचार समाज