रातोमाटेबाट लामा लागुऔषध सहित पक्राउ  

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहागनरपालिका वडा नं.१५ रातोमाटेबाट एक युवक लागुऔषध सहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नं.११ थानाभ¥याङ बस्ने २४ वर्षीय सुमन लामा रहेका छन् ।

लामाले आफु बसेको सिट कबरमा लुकाएर ल्याएको अवस्थामा नुरफिन २० एम्पुल, फेनारगन २० एम्पुल र डाईजेपाम २० एम्पुल गरी ६० एम्पुल फेला परेको जनाइएको छ ।

पुर्बपश्चिम राजमार्ग अन्तर्गत वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको आउदै गरेको ना ५ ख १७५८ नम्बरको बसमा सवार लामालाई लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

उनलाई लागुऔषध सहित नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाईएको जनाइएको छ ।

समाचार समाज