अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधि भुटनदेवी माविलाई

हेटौंडामा भएको जिल्ला स्तरीय अन्तरविद्यालय टि–२० क्रिकेट प्रतियोगितको उपाधि भुटनदेवी माविले जितेको छ। 

बिहीबार भएको फाइनल खेलमा सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीलाई ७८ रनले पराजित गर्दै भुटनदेवीले उपाधि जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको भुटनदेवीले निर्धारित २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय रनमा समेटिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको सोलिड्यारिटीको पनि ब्याटिङ चल्न सकेन । सोलिड्यारिटी १२ ओभरमा अलआउट हुँदा ३८ रनमै समेटियो । प्रतियोगितामा १२ वटा विद्यालयको सहभागिता रहेको थियो ।

मकवानपुर क्रिकेट संघको आयोजनामा भएको निरज श्रेष्ठ स्मृति जिल्ला स्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको विजेताले उपाधिसँगै भुटनदेवीले ३० हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै उपविजेता बनेको सोलिड्यारिटीले २० हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिता मकवानपुर जिल्लाको क्रिकेट टिमका पूर्वकप्तान निरज श्रेष्ठको स्मृतिमा पहिलो पटक आयोजना गरिएको हो ।-praharkhabar

समाचार समाज स्थानीय