इन्द्र बाँनिया चढेको गाडीमा विप्लव माओवादीद्वारा तोडफोड

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बाँनिया चढेको गाडीमा तोडफोड भएको छ ।

बिहीबार पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको हेटौंडा-१९ दालिमटारमा बाँनिया चढेको सवारीमा तोडफोड भएको हो । घटनाको जिम्मेवारी विप्लव नेतृत्वको नेकपा मकवानपुरले जनाएको छ ।

नेकपाले नेता बाँनियालाई गुन्डागर्दीको नाइकेको संज्ञा दिँदै सांकेतिक कारबाही गरिएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको  छ ।

‘मकवानपुर जिल्लामा कथित उम्मेदवार मध्य भ्रष्ट, राजनीतिक दलाल, ठेकेदार, जनतामा झुटो अश्वासन दिने ठक, गुन्डागर्दीको नाइके समेत रहेको संघ २ को (ख) उम्मेदवार इन्द्रबहादुर बाँनिया चढेको गाडि हेटौंडा-१९ दालिमटार पूर्व पश्चिम राजमार्ग सडकखण्डमा तोडफोड गरि सांकेतिक कारबाही गरिएको जनसमुदाय र संचारमाध्यमहरुमा जानकारी गर्दछौँ ।’ नेकपा जिल्ला सेक्रेटरी उदिप सिले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले भने जिल्लामा कुनै सवारी तोडफोड भएको जानकारी नआएको बताएका छन् ।

मुख्य समाचार राजनीति