पैसा बाँडेको आरोपमा एमालेका प्रदेशसभा उम्मेदवार दीपक निरौला पक्राउ

स्थिर समयमा मतदातालाई पैसा बाँडेको आरोपमा काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौला पक्राउ परेका छन्। 

शुक्रबार साँझ मतदातालाई मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले निरौलासहित ३ जनालाई हात्तिगौंगास्थित युरो स्कुल नजिकैबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा निरौलासहित बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल छन्।  काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी मैदानमा छन्।

मुख्य समाचार राजनीति समाचार