आमनिर्वाचन २०७९- मतदान सुरु  

काठमाडौं :  प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि मतदान सुरु भएको छ। आइतबार बिहान ७ बजे मतदान सुरु भएको हो। तोकिएका मतदान केन्द्रबाट अपराह्न ५ बजेसम्म मतदान गर्ने व्यवस्था मिलाएको निर्वाचन आयाेगले जनाएको छ।

यो मतदानबाट २७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन्। १६५ जना पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। 

एक जना मतदाताले चारवटा मतपत्रमा स्वस्तिक चिह्न लगाउनुपर्नेछ। प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) र समानुपातिक गरी दुई र प्रदेश सभातर्फ प्रत्यक्ष र समानुपातिक गरी दुई प्रकारका गरी चार प्रकारका मतपत्रमा स्वस्तिक चिह्न लगाउनुपर्नेछ। 

मुख्य समाचार राजनीति समाज