हेटौंडामा निर्वाचन बिरोध गतिविधि गर्ने ७ जना पक्राउ  


हेटौंडा – बागमती प्रदेश राजधानी हेटौंडामा निर्वाचन बिरोध गतिविधि गर्ने ७ जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कबाट नेपाल कम्युनिस्ट पार्टी बहुमतका रबि खड्का सहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । 

पक्राउ पर्नेमा नेकपाबहुमत समुह जिल्ला ईन्चार्ज हेटौडा १० बस्ने बर्ष ४१ रबि खड्का, बहुमत समुह जिल्ला संयोजक हेटौडा १५ बस्ने बर्ष ४८ शक्ति मगर, जिल्ला सचिवालय सदस्य बागमती-४ बस्ने बर्ष ५१ को लिला माझी, जिल्ला सदस्य हेटौडा १० बस्ने बर्ष ४३ को अजय गहतराज, जिल्ला सदस्य हेटौडा ११ बस्ने बर्ष ३५ को बिकास लामा, जिल्ला सदस्य बागमती गा.पा.८ बस्ने बर्ष ५० को अनिल सिङ्तान र जिल्ला युवा अध्यक्ष हेटौडा ८ बस्ने बर्ष ३० को बसन्त लामा रहेको कार्कीले बताए ।-praharkhabar

समाचार समाज