मतदानको समय सकियो, लाइनमा रहेका मतदाताले भोट हाल्न पाउने

आज भइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदानको घोषित समय सकिएको छ। आयोगले बिहान सात बजेबाट सुरु भएको मतदान बेलुकी ५ बजेसम्म मतदानको समय तोकेको थियो। 

५ बजेसम्म मतदानस्थलमा पुग्ने मतदाताले भने मत दिन पाउने आयोगले जनाएको छ।  देशभरका १५ स्थानको मतदान कार्य भने स्थगित भएको छ । 

मतदानको निर्धारित अवधि सकिएपछि मतपेटिकालाई मतगणनास्थलसम्म लगिने आयोगले जनाएको छ। राजनीतिक दलको सहमति भए मतपत्रको गणना सुरु गरिने समेत आयोगले जनाएको छ। 

मुख्य समाचार राजनीति समाचार