चितवन- २ बाट फराकिलो मतान्तरले जित्दै रवि लामिछाने 

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा फराकिलो मतान्तरसहित विजयी हुने लोकान्तर ‘एक्जिट पोल’ले देखाएको छ ।चितवन– २ का ५ सय मतदातामा गरिएको सर्वेक्षणमा रवि फराकिलो मतान्तरले विजयी हुने देखिएको हो । चुनावी घरदैलोको शुरू र अन्तिम समयमा चितवनका ५ सय मतदातासँग कुराकानी गरिएको थियो ।

सर्वेक्षणमा सहभागीमध्ये ६३ प्रतिशत मतदाताले यसपटक रवि लामिछानेलाई मत दिने बताए । रविलाई मत दिने बताएकामध्ये ६० प्रतिशतले समानुपातिकमा पनि घण्टीलाई नै भोट हाल्ने बताएका थिए भने ४० प्रतिशतले समानुपातिकमा आफू सम्बद्ध (पुरानै दल)लाई मत दिने धारणा व्यक्त गरे । यसले पुराना दलका कार्यकर्ताको मत समेत रविले आफूतर्फ आकर्षित गरेको प्रस्ट हुन्छ ।लोकन्तरबाट

मुख्य समाचार राजनीति