मकवानपुर-२ मा महेशको अग्रता कायमै  

हेटौंडा । जारी मकवानपुर २ को मतगणनामा नेकपा एमालेका उम्मेदवार महेशकुमार बर्तौलाको अग्रता कायम रहेको छ ।

यहाँ ४३ हजार २३२ मतगणना हुँदा बर्तौलाले १७ हजार २५५ मतसहित अग्रता कायम राखेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एसका विरोध खतिवडाले १५ हजार ३४८ मत प्राप्त गर्दा रास्पाका भरत पराजुलीले ६ हजार ८९ मत पाएका छन् भने राप्रपाका राजन मैनालीले १ हजार १०९ मत प्राप्त गरेका छन् ।

राजनीति समाचार