मकवानपुर क्षेत्र नम्बर–१ (२) प्रदेशसभा सदस्यमा एमालेका उम्मेदवार एकालाल श्रेष्ठ विजयी 

मकवानपुर क्षेत्र नम्बर–१ (२) प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार एकालाल श्रेष्ठले ४५ हजार २५६ मत खसेकोमा श्रेष्ठले १४ हजार २२५ मत प्राप्त गर्दै  विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार आनन्दराम पराजुलीलाई ८६९ मतान्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । 

प्रतिद्वन्द्वी पराजुलीले १३ हजार ३५६ मत प्राप्त गरे । राप्रपाका उम्मेदवार गुञ्जनबहादुर न्यौपानेले १२ हजार ५७७ मत प्राप्त गरेका छन् ।

मुख्य समाचार राजनीति समाचार