मकवानपुर १ मा डिनासँग मत अन्तर घटाउँदै कमल थापा,अन्तर १८९१ मा झर्यो



७ मंसिर,हेटौंडा-  मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एमालेका उमेदवार कमल थापाले नेपाली कांग्रेस कि उमेदवार महालक्ष्मी उपाध्याय डिनासँग मत अन्तर घटाउँदै लगेका छन् । 

पछिल्लो विवरण अनुसार थापाले डिनासँगको मतान्तर १८९१ मा झारेका छन् । अहिलेसम्म ५३३९६ मत गणना हुँदा कांग्रेस कि उमेदवार महालक्ष्मी उपाध्याय डिनाले १८०१८ मत पाएकी छिन् भने एमालेका उमेदवार कमल थापाले १६१२७ मत पाएका छन् । त्यस्तै राप्रपाका दिपक सिंहले १२५४२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।

१ लाख ५० हजार १५५ मतदाता रहेको मकवानपुर क्षेत्र नम्बरमा १ मा ९१ हजार ५८३ जनाले मतदान गरेका छन् ।

मुख्य समाचार राजनीति