भक्तपुर २ (१) मा एमाले विजयी

भक्तपुर : भक्तपुर निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ मा नेकपा एमाले र २ मा एकिकृत समाजवादीका उम्मेदवार निर्वाचित भएका छन् । 

प्रदेशसभा १ मा एमालेका किरण थापा र २ मा नेकपा समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठ विजयी भएका हुन्। अन्तिम मतपरिणामअनुसार प्रदेशसभा १ मा एमालेका उम्मेदवार थापाले गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विष्णुराज कार्कीलाई तीन हजार १८५ मतान्तरले हराएका हुन्।

 निर्वाचन अधिकृत लोकनाथ पराजुलीका अनुसार एमालेका थापाले १५ हजार ११८ मत ल्याएभने प्रतिद्वन्द्वी कांग्रेसका कार्कीले ११ हजार ९३३ मत प्राप्त गरे। राप्रपाका उम्मेदवार बिक्रम थापाले चार हजार २७० मत ल्याए। त्यस्तै नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सरोजराज गोसाईले तीन हजार ८६ मत ल्याए। 

मुख्य समाचार राजनीति समाचार