मकवानपुर १ मा राप्रपाका दिपक बहादुर सिंहको अग्रता

मकवानपुर क्षेत्रनम्बर १ मा राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले अग्रता लिएका छन्। 

उनले  २५०६६ मत प्राप्त गर्दा डिनाको २४३१९ मत आएको छ।

कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय डिनालाई झिनो मतान्तरले उनले पछाडि पारेका छन्।

एमालेको सूर्य चिन्हबाट चुनाव लडेका राप्रपा अध्यक्ष कमल थापाले २३ ७१४ मत पाएका छन्।  सिंह अगाडि लागेपछि राप्रपाका कार्यकर्ता खुशी मनाउन थालेका छन्। 

मुख्य समाचार राजनीति समाचार