यो निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा: ओली

झापा : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको बताएका छन्।

झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकस्थित निर्वाचन आयोगमा प्रमाणपत्र ग्रहण गर्दै यस्तो बताएका हुन्। 

उनले अबको एक–दुई वर्ष बहुमतको सरकार बनाउन गाह्रो हुने र बहुमतको सरकार बनिहाले पनि टिकाउन गाह्रो हुने बताए। 

यो निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा बढेको ओलीको तर्क छ।  

मुख्य समाचार राजनीति समाचार