हेटौंडामा मनाइयो उद्योग दिवस, बैकको चर्को व्याजदरले उद्योगहरु धारासाही बनेको गुनासो

हेटौंडा । बागमती प्रदेशको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा आठौं उद्योग दिवस आज हेटौंडामा मनाइएको छ । ‘‘औद्योगिक लगानी र पूर्वाधारः समृद्धीको बलियो आधार’’ भन्ने नाराका साथ कार्यक्रम गरिएको हो । आजको कार्यक्रममा उद्योग प्रशासन संग सम्वन्धीत अनलाइन सफ्टवेयरको पनि उद्घाटन् गरिएको छ । कार्यक्रम र सफ्टवेयरको उद्घाटन् प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबु श्रेष्ठले गर्नुभयो ।

कार्यक्रममा सहभागि उद्योगि व्यावसायीहरुले आर्थिक मन्दीको समयमा बैकहरुको चर्को व्याजदरका कारण उद्योगहरु धारासाही बन्दै गरेको गुनासो गरेका छन् । अब नेपालका बजारमा मात्र भन्दा पनि अन्तराष्ट्रिय स्तरका बजारमा यहाँको उत्पादन जाने वातावरण तयार पार्नुपर्ने उद्योगीहरुलेबताएका छन् । उद्योग स्थापनाका लागि संरचना शिलान्यास मात्र गर्ने र काम नगर्ने हुँदा थप समस्या भएको हेटौंडाका उद्योगी व्यावसायीहरुले वताए ।

कार्यक्रममा उद्योग राज्यमन्त्री रजनी जोन्छे अमात्य, प्रदेशका प्रमुख सचिब मुकुन्द निरौला, उद्योग मन्त्रालयका सचिब विश्वबाबु पुडासैनी, सामाजिक विकास मन्त्रालयका सचिब रामशरण सापकोटा, बागमती प्रदेश उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष लेखराज पोख्रेल, उद्योगसंघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष बद्रीनाथ शर्मा, मकवानपुर उद्योग बाणिज्यसंघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, नेपाल चेम्वर कम्भर्स मकवानपुरका अध्यक्ष माधब न्यौपाने लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

राजनीति