हेटौंडामा बसको ठक्करबाट ढकालको मृत्यु

हेटौंडा – मकवानपुरको हेटौंडामा बसले मोटरसाइलकलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

दुर्घटनामा परी हेटौंडा उपमहानगरपालिका–१८ हर्नामाडी ब्रदर्श चोक बस्ने २८ वर्षीय आशिस ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।  उनको उपचारको लागि हेटौंडा अस्पतालमा ल्याईएकोमा डाक्टर मृत घोषणा गरेको उनले बताए ।

शुक्रबार दिउँसो धरान चतरा सडकखण्ड अन्र्तगत हेटौंडा उपमहानगरपालिका–६ मा फुर्केचौरबाट हेटौडाबजारतर्फ आउँदै गरेको ना ४ ख ९००२ नम्बरको बसले बिपरित दिशाबाट जाँदै गरेको बा ९९ प २९८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी हेटौंडा उपमहानगरपालिका–१८ हर्नामाडीका २९ वर्षीय दिपु लामा गम्भीर घाइते भएका छन् । उनको टाउको र शरिरको बिभिन्न भागमा चोट छ । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको कार्कीले बताए । 

दुबै सवारी प्रहरीको नियन्त्रणमा रहेको छ भने बस चालक फरार रहेको बताईएको छ ।

समाचार समाज