झापामा एमाले तीन, कांग्रेस र राप्रपा एक/एक क्षेत्रमा विजयी

झापा । पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको झापामा तीन वटा क्षेत्रमा नेकपा (एमाले)ले जितेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी एक/एक क्षेत्रमा निर्वाचित भएका छन् ।

एमाले अध्यक्ष ओली यो पटकसहित छ पटक निर्वाचित भइसकेका छन् । उनले २०४८ सालमा नेपाली कांग्रेसका केशवकुमार बुढाथोकीलाई, २०५१ सालमा कांग्रेसकै पूर्णानन्द दाहाललाई, २०५६ मा कांग्रेसका काशीलाल ताजपुरियालाई, २०७० कांग्रेसकै सुरेश

निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।

कांग्रेसका शर्माको यो पहिलो संसद् यात्रा हो भने लिङ्देन, घिमिरे, साँवाको दोस्रो र एमाले अध्यक्ष ओलीको छैटौँ यात्रा हो । विश्वप्रकाश शर्माले एमालेका स्थायी कमिटी सदस्य अग्नी खरेललाई पराजित गरे । शर्मा २०७० सालको निर्वाचनमा एमाले नेता रविन कोइराला र २०७४ सालमा नेकपा माओवादीका नेता सुरेन्द्रकुमार (राम) कार्कीसँग पराजित भएका थिए । तर तेस्रो पटकको प्रयासमा उनले अत्यधिक मतका साथ विजयी भएका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पहिलोपटक २०७४ सालको निर्वाचनमा निर्वाचित भएर संसद्को यात्रा तय गरेका थिए । एमालेसँगको तालमेलका कारण उनले दुवैपटक कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पराजित गरे ।

मुख्य समाचार राजनीति समाचार