चुनाव हारेर मैले केही गुमाएको छैन्ः कमल थापा

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले चुनाव हारेर केही पनि नगुमाएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल स्टाटस लेख्दै थापाले नेपाललाई सर्वधर्म समभाव सहितको हिन्दुराष्ट्र बनाउने सपना कमजोर भएकोमा आफू दुःखी भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्ः चुनाव हारेर मैले व्यक्तिगतरुपमा केही गुमाएको छैन् । नेपाललाई सर्वधर्म समभाव सहितको हिन्दुराष्ट्र बनाउने सपना कमजोर भएकोमा दुःखी छु । हेटौंडालाई राजधानी त बनाएँ । तर,काठमाडौं जोड्ने सुरुङमार्ग, नयाँ औद्योगिक क्षेत्र, चक्रपथ बनाउने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता छ ।

मुख्य समाचार राजनीति समाचार