समानुपातिकमा एमालेले कटायाे २५ लाख मत, नेकपा एमाले दोस्रो

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रत्यक्षतर्फको नतिजा अन्तिम चरणमा पुगेको छ। यस्तै, समानुपातिकतर्फको मतपरिणाम आउने क्रम पनि अन्तिममा पुगेको छ। 

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षमा कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो बनेको छ। समानुपातिकतर्फ भने एमाले पहिलो दल बन्नेछ। दोस्रोमा कांग्रेस दोस्रो पार्टी बन्ने निश्चित देखिएको छ।

साेमबार बिहान पाैने ११ बजेसम्म ९३ लाख ५७ हजार ६६ मतगणना भएको छ। पछिल्लो परिणामअनुसार नेकपा एमालेले २५ लाख ३४ हजार ३२३ मत प्राप्त गरेको छ।  यस्तै, नेपाली कांग्रेसले २३ लाख ९९ हजार ८३१ मत पाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार ७१८ मत पाएको छ। माओवादी केन्द्रले १० लाख ६२ हजार ७४७ मत पाएर चाैथाे स्थानमा छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४५हजार ६५६, जनता समाजवादी पार्टी, नेपाल ३ लाख २६ हजार ३७२ जनमत पार्टी २ लाख ६२ हजार ८२६, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २ लाख ५२ हजार २७, नागरिक उन्मुक्ति पार्टी २ लाख ३७ हजार ९६२ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख २७ हजार ९१८ मत पाएकाे छ।  निर्वाचन आयोगले तीव्र गतिमा उच्च सुरक्षाबीच मतगणना गरिरहेको छ।  

मुख्य समाचार राजनीति समाचार