स्याङ्जा- २ कांग्रेसका धनराज गुरुङ भन्दा एमालेकी पद्मा अर्याल ४४४ मतले अगाडि


१५ मंसिर – प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत स्याङ्जाको क्षेत्र नम्बर–२ मा प्रारम्भिक मतगणनामा नेकपा एमालेको अग्रता रहेको छ । गल्याङ नगरपालिका ६ र ७  तथा भिरकोट ५ र ६ को गणना हुँदा एमालेकी उम्मेदवार पद्मा अर्याल ४ सय ४४ मतले अगाडि रहनुभएको छ ।

पछिल्लो विवरण अनुसार एमालेकी पद्मा अर्यालले २ हजार ६४८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै कांग्रेसका धनराज गुरुङले २ हजार २०४ मतसहित पछ्याइरहनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५१२ मत प्राप्त गर्नुभएको छ ।

स्याङ्जा–२ मा ७० हजार १९१ मत खसेको छ । स्याङ्जामा गएरातिदेखि मतगणना सुरु भएको हो । मंसिर ४ गते भएको चुनावमा विवादपछि स्याङ्जा–२, बाजुरा र दोलखामा मतगणना रोकिएको थियो । 

निर्वाचन आयोगले हिजो स्याङ्जा–२ र बाजुरामा मतगणना गर्न निर्देशन दिएको थियो ।

मुख्य समाचार