सुनसरी ४ बाट सञ्चारमन्त्री कार्की निर्वाचित

सुनसरी – नेपाली कांग्रेसका नेता एवम् सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी जिल्लाको क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम मत परिणाम अनुसार मन्त्री कार्कीले ३० हजार ४८३ मत प्राप्त गरेका छन् । उनी ११२ मतको अन्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले० का उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका छन् ।

मुख्य समाचार राजनीति समाचार