हेटौंडामा ट्याक्टरको ठक्करबाट स्याङतान र पाख्रिन घाइते

हेटौंडा – धरान चतारा सडकखण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१७ स्थित कठायतचोकमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिएको छ ।

ट्याक्टरको ठक्करबाट चालक बकैया गाउँपालिका–७ मामदमार बस्ने ३३ वर्षीय जनक स्याङतान र पछाडि सवार सोही स्थान बस्ने ३० वर्षीय युबक पाख्रिन घाइते भएका छन् ।

हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना.५ त ५०४६ नम्बरको ट्याक्टरले बिपरित दिशातर्फ आउँदै गरेको बा.प्र.०२–०३५प ४०९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुको दुबैको हेटौंडास्थित सन्चो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

समाचार समाज