कारभित्र एक पुरुष मृत अवस्थामा फेला

हेटौंडा – चितवनमा कारभित्र एक पुरुष मृत अवस्थामा फेला परेका छन् । भरतपुर महानगरपालिका–२० स्थित थारु चुलो होटलको पार्किङमा रहेको बा १८ च ५७५० नम्बरको कारभित्र मृत अवस्थामा फेला परेको हो ।

कार चालक नुवाकोट लिखु गाउँपालिका–५ थानसेनबेशी बस्ने अन्दाजी ३७र३८ वर्षीय बिनोद मानन्धर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उक्त कारमा ३ जना मानिसहरु आई २ जना होटलको रुममा बसेको र कार चालक खाना खाई होटलको पार्किङमा कार पार्कीङ गरी कारमै सुतेका थिए ।

मानन्धर कार भित्रै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

समाचार समाज