स्याङ्जा-२ (क) मा कांग्रेसमा अर्याल निर्वाचित

स्याङ्जा क्षेत्र नम्बर २ (क) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका छन् । 

शुक्राबर बिहान सम्पन्न मतगणनाबाट उनी १५ हजार एक सय ६१ मत प्राप्त गर्दै गण्डकी प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मोहन रेग्मीले १२ हजार ४३१ मत प्राप्त गरेका छन्।अर्यालले दुई हजार सात सय ३० मतान्तरले एमाले उम्मेदवार रेग्मीलाई पराजित गरेका हुन् ।रेग्मी यस अघि सोही क्षेत्रबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। 

स्याङ्जा–२ (१) मा गल्याङ नगरपालिकाका ६ र ७, भिरकोट नगरपालिकाका ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाका १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ नं गरी १९ वडा पर्छन् ।

मुख्य समाचार राजनीति समाचार