नेत्रहीन टी–२० विश्वकप खेल्न नेपाली टोली आज भारत जाँदै

ललितपुर : भारतमा हुने तेस्रो नेत्रहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाली टोली आइतबार त्यसतर्फ जाँदैछ। १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली प्रतियोगितामा सहभागी हुन भारत जाँदैछ। 

खिमानन्द गैरेको कप्तानीमा रहेको टोलीमा सागर लामा, भरत चौलागाईं, राधेश्याम चौधरी, हेमबहादुर खत्री, टमबहादुर पाल, शान्तबहादुर पहरी रहेका छन् यसैगरी अन्य खेलाडीमा सुनिल राना, प्रेम क्षेत्री, युवराज भण्डारी, खेमराज सापकोटा, सुरेन्द्र तामाङ, नरेश चौधरी, सागर चेपाङ र शंकर रेग्मी छन्। 

टोलीको प्रशिक्षकमा नहेन्द्र निरौला रहँदा  व्यवस्थापकमा तुमरु उप्रेती छन्। यस्तै प्रतियोगितामा सहभागी हुने टोलीमा अफिसियलका रुपमा नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरे, महासचिव अमृत बराल र कोषाध्यक्ष उपेन्द्र श्रेष्ठ रहेका छन्।​

विश्वक क्रिकेटका लागी गत कात्तिक २ र ३ गते काठमाडौँमा सम्पन्न छनोट प्रतियोगिताबाट १५ सदस्यीय खेलाडी छनौट गरिएको थियो।  वरिष्ठ क्रिकेट प्रशिक्षक अरुण कुमार अर्याल संयोजक, तुम्बरु उप्रेती र नहेन्द्र निरौला सदस्य रहेको ३ सदस्यीय छनोट समितिले अन्तिम १५ खेलाडीहरु छनोट गरेको थियो।  तिहार र छठ पर्व लगत्तै टोलीले करिब १ महिना अभ्यास खेलेको थियो। 

७ राष्ट्र सहभागी विश्वकपको उद्घाटन खेल मंसीर १९ गते नयाँदिल्लीमा र समापन खेल पुस ३ गते बैंगलोरमा हुने संघका कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए। 

मुख्य समाचार राजनीति समाचार