विश्वकपमा आज दुई खेल हुँदै

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज आइतबार प्रिक्वाटरफाइनल(राउण्ड अफ १६) का दुई खेलहरु हुँदैछन् ।

अल थुमामा स्टेडियममा आइतबार हुने पहिलो खेलमा फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । साविक विजेता फ्रान्स र पोल्याण्डबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ । फ्रान्स समूह डी को विजेता र पोल्याण्ड समूह सी को उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो।

अर्को खेलमा इंग्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । अल बयात स्टेडियममा हुने इंग्ल्यान्ड र सेगेनलबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । इंग्ल्यान्ड समूह बी को विजेता र सेनेगल समूह ए को उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो।

आज चारै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।

अन्तराष्ट्रिय खेलकुद