प्रदेश सभामा १४ महिला सांसद, कुन प्रदेशमा कति?

मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत १६३ क्षेत्रको अन्तिम नतिजा आइसकेको छ। बाजुरा र दोलखामा मतगणना जारी छ। परिणाम अनुसार प्रतिनिधि सभामा हालसम्म ८ जना महिला प्रत्यक्ष निर्वाचित भएका छन्।

प्रदेश सभामा प्रत्यक्षतर्फ ३३० निर्वाचन क्षेत्रमा छन्। हालसम्मको मतपरिणाम अनुसार प्रदेशतर्फ १४ जना महिला प्रदेश सभा सदस्य निर्वाचित भएका छन्। मतगणना जारी भएका जिल्लामा ठूला दलका तर्फबाट महिला उम्मेदवार छैनन्।

प्रदेश १ मा २, मधेसमा ४, बागमतीमा ५, गण्डकीमा २ र लुम्बिनी प्रदेशमा १ जना महिला निर्वाचित भएका छन्। कर्णाली र सुदूरपश्चिममा भने प्रत्यक्षतर्फ महिलाको संख्या शून्य छ।

प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी र मनिसा खड्का, नेकपा एमालेकी शारदा थापा र सिताकुमारी सुन्दास, माओवादीकी राधिका तामाङ, कुमारी मुक्तान, पदमा जिसी र कृष्णा केसी, एकीकृत समाजवादीबाट खिन लिम्बू, वेची लुङगेली र रमा आले, राप्रपाबाट सविना बजगाईं, लोसपाबाट रानी कुमारी तिवारी र स्वतन्त्रबाट सुरिता साह निर्वाचित भएका छन्।

प्रदेश १
ईलाम–१ को प्रदेश ‘क’ बाट प्रदेश सभा सदस्यका लागि नेकपा एकीकृत समाजवादीकी खिन लङ्गवा लिम्बू विजयी भएकी छन्। उनले १३ हजार ३७१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेकी शोभा पराजुलीले ११ हजार ३९५ मत ल्याइन्।

झापा–१ को प्रदेश ‘ख’मा प्रदेश सभा सदस्यका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीकी सविना बजगाईं १३ हजार ६२१ मतसहित निर्वाचित भइन्। बजगाईंका प्रतिस्पर्धी माओवादी केन्द्रका श्यामविर लिम्बूले १२ हजार २२५ मत पाए।

मधेस प्रदेश
महोत्तरी–१ को प्रदेश ‘क’मा प्रदेश सभा सदस्यका लागि नेकपा एमालेकी शारदादेवी थापा ८ हजार ३०४ मतसहित विजयी भइन््। उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका पिताम्बर महतोले ७ हजार ५८५ मत प्राप्त गरे। शारदा २०७४ मा यही क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएकी छन्।

महोत्तरी–२ को प्रदेश ‘ख’ स्वतन्त्र उम्मेदवार सुरिताकुमारी साहले ८ हजार ५६८ मत प्राप्त गर्दै विजयी भइन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नागेश्वर यादवले ६ हजार २०२ मत प्राप्त गरे।नेपाललाइभबाट

मुख्य समाचार राजनीति समाचार