थाहा –३ का स्याङताङ लागुऔषध गाँजा सहित पक्राउ

हेटौंडा – मकवानपुरका एक युवक लागुऔषध गाँजा सहित पक्राउ परेका छन् ।मकवानपुर थाहा नगरपालिका–३ बस्ने २१ वर्षीय सुरेन्द्र स्याङताङ पक्राउ परेका हुन् ।

रौतहट गौर नगरपालिका–३ दाल मिलस्थित फलक पोल्ट्री फर्म नामक कुखुरा फर्मबाट १ सय ८० केजी अवैध लागूऔषध गाँजा सहित पक्राउ परेका हुन् ।

उक्त कुखरा फर्मभित्र लागूऔषध गाँजा राखेको भन्ने विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले तलासी गर्दा कुखुरा फर्मभित्र उक्त परिमाणको लागूऔषध फेला पारेको थियो ।

साथै सोही स्थानमा पार्किङ गरी राखेको बाग्मती प्रदेश ०१–००६–ख २८३० नम्बरको मिनि ट्रक समेत फेला परेकोले ट्रक चालक स्याङताङलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा ट्रकमा उक्त लागूऔषध ल्याएको खुल्न आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

समाचार समाज