बसको ठक्करबाट १५ महिने बालकको ज्यान गयो

हेटौंडा – बसको ठक्करबाट रुपन्देहीमा १५ महिने बालकको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका ११ मझुवामा आइतबार लु १ क १५७९ नम्बरको बसको ठक्करबाट स्थानीय गोविन्द खत्रीका १५ महिने छोराको ज्यान गएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट गम्भिर घाइते भएका बालकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बसले बिहान सवा १० बजे बाटोमा खेल्दै गरेका बालकलाई ठक्कर दिएको हो । बस सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीले जनाएको छ ।

समाचार समाज