सुकुम्बासीहरूको प्रश्न : उठिबासको त्रास कहिलेसम्म

बागमती नदी किनारका सुकुम्वासीले विराेध प्रदर्शन गरेका छन् । आज साेमवार सयौँको सङ्ख्यामा उपस्थित सुकुम्वासीले माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म शान्तिपूर्ण र्‍यालीसहित विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले सरकारसँग सामाजिक न्याय, जमिनमाथिको अधिकार सुनिश्चतता, भूमिहीनहरूको सुरक्षित बसोवास व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखेर विरोध जनाए । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा र नेपाल महिला एकता समाजको आयोजनामा भएकाे विराेध प्रदर्शनमा उनीहरूले वैकल्पिक व्यवस्थाविना गरिएको उठिबास सह्य नहुने चेतावनीसमेत दिए ।

समाचार समाज