कांग्रेस कार्यकर्ताद्वारा हेटौँडामा पत्रकार बञ्जरा र एलन माथि हमला

हेटौँडा । नेपाली कांग्रेसका कार्यकर्ताहरुद्वार मकवानपुरको दुईजना पत्रकारमाथि कुटपिट भएको छ । नेपाली कांग्रेसभित्र भएको घात, अन्र्तघातको विषयमा बागमती एक्सप्रेस नामक साप्ताहिक पत्रिकामा समाचार प्रकाशन भएको विषयमा नेपाली कांग्रेस मकवानपुरले आईतबार दिउँस पत्रकार सम्मेलन मार्फत सचेत गरेको अवस्थामा आईतबार राती करिब सबा ९ बजे कांग्रेसका कार्यकर्ताद्वार इन्द्र बानीयाँको विषयमा समाचार लेख्ने भन्दै बागमती एक्सप्रेस साप्ताहिकका प्रकाशक रमेश बञ्जरा(इन्द्र) र सोहि पत्रिकाका स्तम्भकार रामकुमार रिजाल(एलन) माथि हमला गरेका हुन् ।

हेटौँडा उपमहानगरपालिका वडा नंबर २ मा रहेको पल्पसा होटलमा उनिहरुमाथि हमला भएको पत्रकार बञ्जराले बताए । नेपाली कांग्रेसका युवा नेता राजेश भेटवाल, राजु नगरकोटी, रञ्जन बनियाँ सहित करिब एक दर्जन कार्यकर्ताको समूहले घरेलु हतियार प्रयोग गरि आक्रमण गरेको बञ्जराको भनाई छ । आक्रमणबाट रिजालको दाईने कान र देब्रे गालामा चोट लागेको छ भने बञ्जरा पनि घाईते भएका छन् ।
घटनाबारे जानकारी दिँदै प्रत्यक्षदर्शी समेत रहेका नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारुमगरले भेटवाल सहितको कार्यकर्ताले पत्रकारमाथि हमला गरेको बताए । आफुले छुट्याउन खोज्दा समेत उनिहरुले निरन्तर कुटपिट गरेको मगरको भनाई छ ।

आक्रमण गर्ने भेटवाल सहितका कांग्रेस कार्यकर्ताहरुमाथि ज्यान मार्ने उद्योग अन्र्तगत जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दर्ता गर्न लागिएको बञ्जराको भनाई छ । घटनाको निन्दा गर्दै नेकपा एकिकृत समाजवादी निटक समाजवादी प्रेस संगठनले दोषिलाई कारबाहीको माग गरेको छ ।

मुख्य समाचार राजनीति समाचार