गण्डकी प्रदेश सांसद मनाङ्गे एकीकृत समाजवादीमा प्रवेश


हेटौंडा । मनाङ प्रदेशसभा २ बाट निर्विरोध निर्वाचित (राजीव गुरुङ) दीपक मनाङे नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन् ।

मनाङ्गेलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीमा स्वागत गरेका छन् । मनाङेले आज एक विज्ञप्ति जारी गर्दै आफू नेकपा एकीकृत समाजवादीको संगठनमा आबद्ध भएको बताएका छन् ।

स्वतन्त्र रूपमा काम गर्ने निर्णय गरे पनि अहिलेको परिवर्तित परिस्थितिमा एक्लै रहनुभन्दा राजनीतिक पार्टीको संगठनमा आबद्ध भएर गरिने पहलकदमीले काम प्रभावकारी हुने निष्कर्षमा पुगेकोले आफुले पार्टी प्रवेश गरेको बताएका छन् ।

गण्डकी प्रदेश मुख्य समाचार राजनीति