ट्वाइलेटमा लडेर हेटौँडामा एकजनाको मृत्यु

हेटौँडा । ट्वाइलेटमा लडेर घाइते भएका एकजना पुरुषको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित पिप्लेमा ट्वाइलेटमा लडेर घाइते भएका हाल पिप्लेमा डेरा गरी बस्ने ओखलढुङ्गा जिल्लाका ४६ वर्षीय ज्ञान बहादुर कटुवाल को मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

आइतबार साँझ ६ बजेर ३० मिनेटको समयमा कटुवाललाई ट्वाइलेटमा लडेर बेहोस अवस्थामा भेटिएको थियो । कटुवाललाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएकोमा उपचारको क्रममा डाक्टरले आइतबार साँझ ७ बजे मृत्यु भएको घोषणा गरेको थियो ।

समाचार समाज