‘किर्ते’ हस्ताक्षर गरेर भ्रममा पार्न खोजियो’-राजकुमार न्यौपाने

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेले किर्ते हस्ताक्षर प्रयोग गरेर आफुलाई बदनाम गराउने काम भएको बताएका छन् । निर्वाचनको तिन दिन अघि नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानीयाँसग आफ्ना समानुपातिक उम्मेदवार भेटाएर सेटिङ गरेको आरोपबारे खबरब्रेकसँग कुरा गर्दै उनले आफुलाई बदनाम गर्न यस्ताखाले वेबुनियाद आरोप लगाईएको दाबी गरे ।

उनले भने ‘मैले हिजो उहाँहरुले किर्ते हस्ताक्षर गरेर केन्द्रमा पठाएको निवेदनबारे केन्द्रीय समितिमा कुरा गरे, मलाई बदनाम बनाउने काम सुरु भएकोमा चिन्तित छु ।’ उनले राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका केहि नेताहरुलाई अवसर दिनु गलत भएको बताउँदै पार्टीको जिल्ला तहमा केहि ब्यक्तिको हातमा ‘स्टेरिङ’ दिनु गलत भएको दाबी गरे ।
न्यौपाने बिरुद्ध प्रतिनिधिसभा क्षेत्र नंबर १ र २ का उम्मेदवारहरु टाकाराज थापा तथा भरत पराजुली सहितका पदाधिकारीको हस्ताक्षर भएको पत्र खबरब्रेकमा सार्वजनिक भएपछि न्यौपानेले यस्तो प्रतिक्रिया दिएका हुन् । हस्ताक्षर भएको केहि बाहेक अन्य हस्ताक्षरहरु किर्ते रहेको उनले दाबी गरे ।-khabarbreak

मुख्य समाचार राजनीति