हेटौंडामा माघ ५ गतेदेखि ब्यापारिक महोत्सव हुने

हेटौंडा – उद्योग वाणिज्य संघ मकवानपुरको आयोजनामा आगामी माघ ५ गतेदेखि हेटौंडामा ब्यापारिक महोत्सव हुने भएको छ । कोभिड–१९ को बिश्वब्यापी महामारीका कारण बिगत ३ बर्षदेखि स्थगित भएको ब्यापार मेला तथा महोत्सव आगामी माघ ५ देखि १७ गतेसम्म आयोजन ागर्न लागिएको हो । 

संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले जिल्लाको सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन, कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, क्षेत्रको विकास तथा साँस्कृतिक जागरण र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यका साथ मेला आयोजना हुन लागेको बताए ।

महोत्सवका लागि हेटौंडा उपमहानगर, जिल्ला प्रशासन कार्यालय मकवानपुर, बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्बाट सिफारिस लिने काम भइरहेको अध्यक्ष अग्रवालले जानकारी दिएका छन् । मेला आयोजना गर्ने स्थान भने छनोट भइसकेको छैन । मेलाको आन्तरिक तयारी भइरहेको र केही दिन भित्रै पत्रकार सम्मेलन गरी जानकारी गराइने पनि अध्यक्ष अग्रवालले बताए ।

टीसीएनको चौर वा राप्तीको बगरमा मेला आयोजना गर्ने बिषयमा संघको सोमबार बस्ने कार्यसमितिले निर्णय गर्ने अध्यक्ष अग्रवालले जानकारी दिएका छन् । मउवासंघको पश्चिम क्षेत्र समिति र थाहा नगर उवासंघले यो बर्ष मेला तथा महोत्सव आयोजना नगर्ने भएका छन् ।

समाचार समाज स्थानीय