जापानलाई हराउँदै क्रोएसिया अन्तिम आठमा

क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा जापानलाई ३–१ गोल अन्तरले पराजित गर्दै  क्रोएसिया अन्तिम आठमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा क्रोएसियाले जित निकालेको हो ।

क्रोएसियाका निकोला भ्लासिच, मारियो पासालीच र मार्सेलो ब्रोजोभिचले पेनाल्टीमा गोल गरे । मार्को लिभाजा पेनाल्टीमा चुके । जापानका ताकुमा असानोले गोल गर्दा ताकुमी मिनामिनो, माया योशिदा र कोरु मितोमाले गोल गर्न सकेनन् ।

अन्तराष्ट्रिय खेलकुद