मलाई मुख्यमन्त्री दिए पनि चलाउने अनुभव छैन : दीपक मनाङे

काठमाडौं : मनाङ प्रदेश सभा (ख)बाट निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङे) ले आफूले मुख्यमन्त्रीमा दाबी नगर्ने बताएका छन्। 

नेकपा एकीकृत समाजवादी प्रवेश गरेका मनाङेले पार्टी कार्यालयबाट पत्रकार सम्मेलन गर्दै पत्रकार सम्मेलनमार्फत आफूलाई मुख्यमन्त्री दिएर पनि काम नभएको बताएका हुन्। 

‘मन्त्री ठूलो कुरा होइन। मलाई ठूलो मन्त्री अफर गरेको थियो। तर, मैले युवा तथा खेलकुद मन्त्रालय रोजेँ। म मुख्यमन्त्रीमा दाबी  गरेर काठमाडौं आएको होइन। मुख्यमन्त्री दिए पनि मलाई काम छैन। त्यसका लागि अनुभव चाहिन्छ। त्यसको अनुभव पनि छैन,’ उनले भने। 

उनले गण्डकी प्रदेशमा बन्ने गठबन्धनको सरकारमा आफूले मन्त्रीमा दाबी नगर्ने बताए। मनाङेले अध्यक्ष माधवकुमार नेपालले मन्त्रीमा दाबी गर्ने बताए। 

‘अबको मन्त्रिपरिषद्मा मेरो दाबी होइन मेरो पार्टीको अध्यक्षले दाबी गर्ने हो,’ उनले भने। 

मन्त्री नभए पार्टी नछोड्ने दाबी गरेका मनाङेले यदी पार्टी छोड्नुपरे राजनीतिबाट सन्यास लिने बताएका हुन्। 

मुख्य समाचार राजनीति समाचार