विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङमा १८ जना विद्यार्थी कारबाही

ट्राफिक प्रहरीले आज (सोमबार) बिहान काठमाडौं उपत्यकामा गरेको ‘विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङ’मा २ सय ७ जना सवारी चालकलाई कारबाही गरेको छ। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जसमा सवारी चालक अनुमति पत्र नभई सवारी चलाएका ३ जना, कागजपत्र साथमा नलिई सवारी चलाउने १२ जना र अन्य कसुरमा ३ जना विद्यार्थी चालकलाई कारबाही गरिएको छ। 

सोही चेकिङकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य  १ सय ८९ जना सवारी साधनका चालकहरूलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ। दुर्घटना न्यूनीकरण तथा सवारी आवागमन सहज बनाउन  ट्राफिक प्रहरीले विशेष चेकजाँच गर्दै आएको छ।

सहज र सुरक्षित यात्राका लागि ट्राफिक नियम पालना गर्न चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अनुरोधसमेत गरे।

शिक्षा समाचार समाज