आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाउँदा मकवानपुरकी रिना घाईते

हेटौँडा । आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाउँदा मकवानपुरमा एकजना महिला घाईते भएकी छिन् । मकवानपुरको राक्सिारङ गाउँपालिका वडा नंबर ३ पलासे निवासी ३० वर्षीय रिना ब्लोनले घरयासी विवादको कारण आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाएपछि गम्भिर घाईते भएकि छिन् । आगो लगाएर गम्भिर घाईते भएकि ब्लोनलाई उपचारको लागि चितवन पठाईएको तर चितवनमा पनि उपचार संभव नभएपछि काठमाण्डौँ रिफर गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।-khabarbreak

समाचार समाज