मुख्यमन्त्री पाण्डेले अझै राजिनामा नदिनु लज्जास्पद : केन्द्रीय सदस्य थपलिया

हेटौँडा । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् नवनिर्वाचित बागमती प्रदेशसभा सदस्य जगन्नाथ थपलियाले प्रतिनिधिसभा सदस्यमा विजयी भैसकेको अवस्थामा समेत बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजिनामा नदिनु लज्जाको विषय भएको बताएका छन् ।

थपलियाले पाण्डेले संघिय ब्यवस्थाको मुल मर्मलाई समेत ध्यान नदिएर लज्जास्पद काम गरेको बताए । देशमा तीन तहको सरकार रहेको अवस्थामा संघिय सरकार निर्माण गर्न भूमिका खेल्ने प्रतिनिधिसभा सांसदले प्रदेशसभाबाट चयन हुने मुख्यमन्त्रीमा अmभै बसिरहनु ब्यवस्था बिरोधी भएको भन्दै थपलियाले भुल सुधार गर्दै तत्काल मुख्यमन्त्रीबाट राजिनामा दिन पाण्डेलाई अनुरोध गरेका छन् ।-खबरब्रेक

राजनीति समाचार