कर्मचारीसँगको मैत्रीपूर्ण खेलमा मेयर बालेनको टिम पराजित

काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधिको टिम पराजित भएको छ ।

काठमाडौंको दशरथ रंगशालामा महानगर दिवसको अवसरमा सोमबार भएको मैत्रीपूर्ण खेलमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको टिमले मेयर बालेन (बालेन्द्र) साहको टिमलाई ६—१ ले पराजित गरेको हो ।

मेयर साहको नेतृत्वमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको नेतृत्वमा कर्मचारीको टिमबीच प्रतिष्पर्धा भएको हो ।

खेलकुद राजनीति