विश्वकप फुटबल : पहिलो सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज सेमिफाइनलको पहिलो खेलमा  अर्जेन्टिना र क्रोएसियाले प्रतिस्पर्धा  गर्दैछन्।

यी दुई टोलीबीचको खेल राति पौने १ बजे लुसेल स्टेडियममा सुरु हुनेछ। अर्जेन्टिना क्वार्टरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टीमा ४–२ ले हराउँदै सेमिफाइनलमा पुगेको हो। क्रोएसियाले ब्राजिललाई पेनाल्टीमै हराएर अन्तिम चारमा स्थान बनाएको हो। 

अन्तराष्ट्रिय खेलकुद