नोरा फतेहीद्वारा ज्याकलिन फर्नान्डिसविरुद्ध मानहानी मुद्दा दायर

एजेन्सी : नायिका नोरा फतेहीले अभिनेत्री ज्याकलिन फर्नान्डिसविरुद्ध २०० करोडको मानहानीको मुद्दा दायर गरेकी छन्।

समाचार एजेन्सी एएनआईका अनुसार नोराले ज्याकलिनमाथि दुर्भावना राखेर अनुसन्धान एजेन्सीसमक्ष गलत बयान दिएको आरोप लगाएकी छन्। ईडीले मनी लान्ड्रिङ मुद्दामा दुवै अभिनेत्रीसँग सोधपुछ गरेको छ।

३७ वर्षीया अभिनेत्री ज्याकलिनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान एजेन्सीले अनुसन्धान गरिरहेको छ ।

ज्याकलिनमाथि आर्थिक अनियमितताको आरोप लागेको छ। उनीमाथि सुकेश चन्द्रशेखरबाट महंगो उपहार लिएको र मनी लान्ड्रिङ गरेको आरोप लागेको छ।

मनोरञ्जन समाचार