हेटौंडा अस्पतालमा सिटीस्क्यान शुरु

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा सिटीस्क्यान शुरु भएको छ।

जिल्लाको एकमात्र सरकारी अस्पतालले सिटीस्क्यान गर्न थालेको हो। योसँगै सिटीस्क्यानका लागि निजी क्लिनिक वा अन्यत्र जानुपर्ने बाध्यता अन्त्य भएको छ।

अस्पतालले १२८ स्लाइसको सिटीस्क्यान मेशिनबाट सिटीस्क्यान गर्न थालेको हो। उक्त सेवा अब २४ सै घण्टा उपलब्ध हुनेछ। बागमती प्रदेश सरकारले दिएको मेशिन अस्पतालको नयाँ भवनमा राखिएको भए पनि कर्मचारी नहुँदा सेवा शुरु हुन सकेको थिएन।

समाचार समाज