रोटरी क्लब अफ मकवानपुरद्वारा हेटौंडा अस्पताललाई अल्ट्रासाउण्ड मेसिन सहयोग

हेटौंडा – रोटरी क्लब अफ मकवानपुरले हेटौंडा अस्पताललाई अल्ट्रासाउण्ड मेसिन सहयोग गरेको छ । क्लबले सोमबार अस्पताललाई करिब १८ लाख रुपैयाँ पर्ने मेसिन सहयोगस्वरुप हस्तान्तरण गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा= रामचन्द्र सापकोटालाई मेसिन हस्तान्तरण गरेकी हुन् । मेसिन हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अध्यक्ष कृष्णबहादुर कार्कीले आगामी दिनमा पनि अस्पतालका लागि आवश्यक सहयोग जारी राख्ने प्रतिवद्धता जनाए ।

मेसिन हस्तान्तरण कार्यत्रममा रोटरी संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति, पूर्वअध्यक्ष विजयकुमार श्रेष्ठ तथा रोटरी क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

समाचार समाज