चुरियामाईंमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते

हेटौंडा – पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईंमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

दुर्घटनामा परी मोटरसाइकल चालक बारा कलैया नगरपालिका–६ बस्ने ३५ वर्षीया अमित कण घाईते भएका छन् ।

सोमबार विहान बाराबाट हेटौंडातर्फ जादै गरेको बा.८० प ८९४१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

उनको हेटौंडास्थित अर्थपेटिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

समाचार समाज