हेटौंडा उपमहानगरको कृषि तथा पशुको सातौं सेवा केन्द्र कमानेमा

हेटौंडा– हेटौंडा उपमहानगरपालिकाले नगरका किसानलाई लक्षित गर्दै सञ्चालन गरेको कृषि तथा पशुको सातौं सेवा केन्द्र कमानेमा सञ्चालन गरेको छ ।

हेटौंडाको ८ र १५ नम्बर वडा क्षेत्रमा रहेका कृषि तथा पशुपालनको क्षेत्रमा काम गरीरहेकाहरुलाई लक्षित गर्दै उपमहानगरपालिकाले सातौं सेवा केन्द्र फायरलाईनमा सञ्चालन गरेको हो । सेवा केन्द्रको उपमहानगरपालिकाका नगरप्रमुख मिनाकुमारी लामाले उद्घाटन गरेकी छन् ।

सेवा केन्द्रबाट दुबै वडामा रहने किसानहरुले निःशुल्क सेवा पाउँने भएका छन् । कृषि तथा पशुमा लाग्ने रोगको जाँच र औषधि निःशुल्क व्यवस्थापन गर्ने गरी नगरका बिभिन्न ठाउँमा सेवाकेन्द्र सञ्चालन गरीएको नगरप्रमुख लामाले बताइन् । अब गाउँमै सेवा आएको छ व्यवसायीक ढंगबाट काम गर्नु उपमहानगर सहयोग गर्न तयार रहेको उनले बताइन् ।

सेवा केन्द्रमा कृषि र पुशका प्राबिधिक कार्यालय समयमा उपलव्ध हुने गरी सेवा केन्द्र सञ्चालन ल्याइएको उपमहानगरले जनाएको छ । सेवा केन्द्रवाट पशुमा लागेका रोगको परिक्षण सहित निःशुल्क औषधी बितरण हुने छ भने कृषिको समस्याका समाधानमा सहजिकरण प्राबिधकले गर्ने बताइएको छ ।

सेवा केन्द्रमा रहेका प्राबिधीकहरुले कार्यालय समयमा घर घरै पुगेर पनि सेवा दिने वाताबरण बनाउँने उपमहानगरका प्रमुख लामाले जानकारी दिइन् । गाउँमा रहेका नगरवासीलाई सेवा केन्द्र सञ्चालनमा आएको र सेवा लिन आउने बारे सबैलाई जानकारी गराउन नगर प्रमुख लामाले निर्देशन समेत दिइन् । कार्यक्रममा आर्थिक बिकास समितिका संयोजनक तथा हेटौंडा १८ का अध्यक्ष अनिल बानियाँ, कार्यपालिका सदस्य मञ्जु भुर्तेल, नेकपा एसका नेता बैकुण्ठ सापकोटा, आर्थिक बिकास महाशाखा प्रमुख गंगाधर रिमाल, कृषि शाखा प्रमुख गंगा चौलागाईको आतिथ्यता रहेको थियो ।

कृषि समाचार समाचार समाज स्थानीय