सुनचाँदीकाे मूल्य बढ्याे

नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो।

छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


मंगलबार छापावाल सुन प्रतितोला १ लाख रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ। प्रति तोलामा १० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।

अर्थ